राजसंस्था र हिन्दु राष्ट्र पुनर्स्थापनाको माग गर्दै भोलि धनगढीमा प्रदर्शन गरिदै

बोलन्या थली | ३ मंसिर २०७७, बुधबार
राजसंस्था र हिन्दु राष्ट्र पुनर्स्थापनाको माग गर्दै भोलि धनगढीमा प्रदर्शन गरिदै

धनगढी : राजसंस्था र हिन्दु राष्ट्र पुनर्स्थापनाको माग गर्दै भोलि धनगढीमा प्रदर्शन गरिने भएको छ ।

पार्टी होईन देशको झण्डा बोकिन्छ ,देशको धर्म सस्कृती र सार्वभौमसत्ता बचाइन्छ भन्ने नाराका साथ धनगढीदेखि अत्तरिया चोक सम्म बृहत मोटरसाइकल र्यालीसहित जुलुसको आयोजना गरिने भएको हो।

सुदुरपश्चिम स्वतन्त्र देशभक्त समाजको आयोजनामा जुलुस तथा ¥याली हुन लागेको धनगढीमा आयोजना गरिएको पत्रकार सम्मेलनमार्फत जानकारी गराएका छन् ।

देशका विभिन्न ठाउँसहित भोलि (मङ्सिर ४ गते) दिउँसो १२ बजेर ३० मिनेटमा कैलालीको धनगढी स्थित बुद्धचोक देखि अत्तरिया सम्म शान्तिपुर्ण बृहत कार्यक्रम रहेको संयोजक रबिन्द्र कार्की ‘डब्बु’ले बताए ।

बर्तमान सरकार पुर्णतः असफल भएको भ्रष्टाचार, अनियमितता, कालो बजारी बढेकाले अब राजसंस्थाको पुन;स्थापनाबाट मात्रै देशले निकास संयोजक कार्की ‘डब्बु’ले बताए ।  जनताको अभिमत पार्टीको झण्डा हैन अब राष्ट्रिय झण्डा सहितको शान्तीपुर्ण  प्रदर्शनमा सहभागी हुन सम्पुर्ण राष्ट्र प्रेमी नागरिकहरुलाई आहवान समेत गरिएको छ ।

जनाअवजको टिप्पणीहरू