सुदूरपश्चिम प्रदेशका सामाजिक विकासमन्त्रीलाई कोरोना सङ्क्रमण

बोलन्या थली | २ मंसिर २०७७, मंगलवार
सुदूरपश्चिम प्रदेशका सामाजिक विकासमन्त्रीलाई कोरोना सङ्क्रमण

धनगढी । सुदूरपश्चिम प्रदेशका सामाजिक विकास मन्त्री कृष्णराज सुवेदीलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । 

कोरोना परीक्षण लागि आइतबार स्वाब दिएकोमा सोमबार उनीमा संक्रमण पुष्टि भएको हो । हाल उनको स्वास्थ्य अवस्था सामान्य रहेको छ । अहिले मन्त्री सुवेदी होम आइशोलेसनमा बसेको स्रोतले जानकारी दिएको छ । 

यसअघि उनको सचिवालयका एक जना स्वकिय सचिव, एक जना निजी स्वकिय सचिव,  २ जना पिएसओ र एक जना चालकलाई कोरोना पुष्टि भएको थियो ।  


जनाअवजको टिप्पणीहरू