र्‍यापर मिस्टर आरजेको ‘मुना’ गीत छोटो समयमै करोडको क्लबमा

बोलन्या थली | ३० कार्तिक २०७७, आईतवार
र्‍यापर मिस्टर आरजेको ‘मुना’ गीत छोटो समयमै करोडको क्लबमा

धनगढी । सार्वजनिक भएको २४ घण्टा नबित्दै युट्युबको ट्रेण्डिङ ८ मा प्रवेश गरेको र्‍यापर गायक तथा संगीतकार मिस्टर आरजेको ‘मुना’ बोलको गीत सार्वजनिक भएको ७२ दिनमै करोडको क्लबमा पुगेको छ । गीतमा राज खुम्बु र सुजाता वर्माले स्वर दिएका थिए भने मिस्टर आरजेले र्‍याप भरेका छन् ।

गीतको भिडियोमा चर्चा रहेका कलाकार नाजिर हुसेन, स्वस्तिमा खड्का र रियाशा दाहालले अभिनय गरेका थिए । गीतको शब्द नवराज कलौनीले लेखेका हुन् भने आरजेको नै संगीत रहेको छ।

गीतको भिडियो ‘एटके एभरेष्ट मोसन पिक्चर्सको युट्युब’ च्यानलबाट सार्वजनिक गरिएको थियो । अहिलेसम्म यो म्युजिक भिडियोलाई एक करोड ३५ हजार बढिले हेरि सकेका छन् । र्‍यापर गायक तथा संगीतकार आरजेका गित दर्शक अत्यधिक मन पराएका छन् भने थुप्रै गित युट्युवको ट्रेन्डिङ्गमा पुग्न सफल भएका छन् ।

जनाअवजको टिप्पणीहरू