तिहारमा धनगढीको मुख्य बजार (फोटो फिचर)

बोलन्या थली | ३० कार्तिक २०७७, आईतवार
तिहारमा धनगढीको मुख्य बजार  (फोटो फिचर)

धनगढी । कोरोनाकै बिचमा  नेपालीहरुको महान चाडपर्व  तिहार सुरु भएको छ । तिहार सुरु भएसंगै  कैलाली कञ्चनपुरको मुख्य बजारमा चहलपहल बढेको छ । सडकका छेउछाउमा अहिले  धनगढीका मुख्य सडकहरु पनि कृतिम फुलमालाले भरिभराउ देखिएका छन ।

No description available.

फूलको पर्वले परिचित तिहारमा फूलकै अभाव भएको देखिएको छ । पछिल्लो समयमा घरगाउंमा समेत फुल सुकिसकेका छन् । । ढकमक्क फुल्ने सयपत्रि र मखमली फुल लोपोन्मुख वन्दै गएको छ । भाइटीकाको दिन चेलीबाट निधारमा सप्तरङ्गी टीका र गलाभरि माला पहिरिएर हिड्दा तिहार फूलकै पर्व हो भन्ने गरिए पनि अहिले फुलको विकल्पको रुपमा प्लाष्टिकका माला वजारमा आएका छन ।

No description available.

सयपत्रीको विकल्पमा प्लास्टिकको माला प्रगोग गर्ने क्रम वर्षेनी बढ्दो छ । गाउंघरका करेसावारी तथा अन्य ठाउँमा ढकमक्क फुल्ने सयपत्री फूल अहिले देखिन छाडेको छ ।भाइटीका आउन अब एक दिन बाँकीरहेका बेला बजारमा कृतिम फुलमालाको व्यापार  बढ्दो छ । जिल्ला प्रशासन कार्याालय कैलालीले तिहारमा भिडभाड  नगर्न भने पनि धनगढी बजारमा उपभोक्ताहरुको  भिड लाग्ने गरेको छ ।

No description available.
No description available.

No description available.

जनाअवजको टिप्पणीहरू