हर्षोउलासका साथ मनाईदै लक्ष्मीपुजा, हेलचेक्राईले ननिम्तियोस कोरोना
धनगढी : आज तिहारको तेस्रो दिन धनधान्य र सम्पन्नताकी देवी लक्ष्मीको पूजाआराधना गरी मनाइँदैछ । बिहानै घर भित्र र बाहिर सफासुग्घर र लिपपोत गरि बेलुका आँगनदेखि मूलढोका हुँदै लक्ष्मी स्थापना गरी पूजा गर्ने कोठासम्म लक्ष्मीको पाइला बनाएर बाटो बनाई लक्ष्मीको पुजा गरिदैछ। शहरमा घर पसलबाहिर माटाको पालामा दीप प्रज्वलन र बिधुतिय झिलिमिलीको रौनक बनेको छ ।
पूजा कोठामा दियो, कलश र गणेशसहित लक्ष्मी स्थापना गरेर गरगहना, पैसा, धान, चामल, फलफूल, सेलरोटी र फूलमाला चढाएर विधिपूर्वक लक्ष्मीको पूजाराधना गरिदैछ। यहि समयमा बिश्वभर कोरोनाको महामारी रहदा नेपालमा पनि कोरोनाको महामारी छ । बजारमा तिहारको रोनकसङ्गै भिडभाड बढेको छ कोरोनाको जोखिम बढेको छ । लक्ष्मी भित्र्याउन खोज्दा कोरोना भित्र्ने त होईन भने प्रश्न उब्जिएको छ ।
कोरोना संक्रमणको अवस्थालाई सरकार र सर्वसाधारण दुवै पक्षले वेवास्ता गरीरहेकाले संक्रमणको जोखिम झनै बढ्ने देखिएको छ।
लक्ष्मी पुजाको दिन धनगढीसहित अन्य शहरमा कोरोनालाई वेवास्ता गर्दै भीडभाडमा किनमेल गर्नेहरुकै कारण आगामी दिनमा कोरोना संक्रमणको अवस्था झनै भयावह हुनसक्ने देखिएको छ । सरकारले पत्रमा देउसी भैलो बजारमा भिडभाडमा रोक लगाएर मात्र नहुने अनुगम हुन जरुरी छ ।