भुमि व्यवस्था,कृषि तथा सहकारी मन्त्रालय सुदूरपश्चिम प्रदेशले ४४ कर्मचारी माग्यो


काठमाडौं : भुमि व्यवस्था,कृषि तथा सहकारी मन्त्रालय सुदूरपश्चिम प्रदेशले करार सेवामा कृषि प्राबिधिकका लागि विभिन्न पदमा ४४ कर्मचारी माग गरेको छ।
७ प्रदेशको मन्त्रालयको मातहतमा रही ६ पदमा ४४ कर्मचारी दरखास्त आह्वान गरेको हो।
सहायक स्तरका लागि १८ वर्ष पुगेका र ३५ वर्ष ननाघेका, महिलालाई ४० बर्ष ननाघेको र अधिकृतस्तरका लागि २१ बर्ष पुगेको र ३५ ननाघेको नेपाली नागरिकले दरखास्त दिन सक्नेछन्। कार्तिक २१ गते प्रकाशित सुचनाको २१ दिनभित्र दरखास्तका लागि दरखास्त फारम http://www.molmac.p7.gov.np/ मा उपलब्ध रहेको मन्त्रालयले जनाएको छ।
मन्त्रालयले सहायकदेखि अधिकृतसम्मको पदमा दरखास्त आह्वान गरेको छ।
