लक्ष्मीपुजाको दिन के गर्नु हुन ? ध्यान दिनु होस्
काठमाडौं । आज धनकी देवी लक्ष्मीको पुजा माईदैछ । यो पनि मान्यता छ कि, यस दिन देवी लक्ष्मीको पूजा गर्नाले वर्षभरी घरमा सुख समृद्धि रहिरहने छ ।
यस्तै यो दिन हामीले केही कुराहरुको ख्याल पनि राख्नु पर्छ । हामीले भुलेर पनि त्यस्तो नगरौं, जसले देवी लक्ष्मी रिसाउन् । के कस्तो काम गर्नाले लक्ष्मी रिसाउछिन् ?
१.कसैलाई खाली हात नफर्काउनुस् स् तिहारको समयमा भिखारी वा अन्य देउसी भैलो खेल्न आएका मानिसहरुलाई खाली फर्काउनु हुन्न । उनीहरुलाई केही न केही अवश्य दिएर पढाउनु होला ।
२.लक्ष्मी पुजाको रात नसुत्नु स् लक्ष्मी पुजाको रात नसुत्नुस् । बरु रातभर जाग्राम बसेर देवी लक्ष्मीको मन्त्रलाई विधि विधानसँग जाप गर्नुहोस् ।
३.ननुहाई फुल नटिप्नुस् स् ननुहाइ पुजाको लागि फूल नटिप्नुहोस् । नुहाएर मात्र पुजाको लागि फूल टिप्नुस् । ननुहाइ टिपेको फूलले पुजा नगर्नुस् ।
४. मादकपदार्थ नपिउनुस् स् लक्ष्मी पुजाको रात कुनै प्रकारको मादक पदार्थ नपिउनुहोस् ।
५. कसैसँग झगडा नगर्नुस् स् लक्ष्मी पुजाको दिन केही मानिसहरु हरेक कुरामा झगडा गर्ने गर्छन् । तर, लक्ष्मी पुजाको दिन कसैसँग पनि वादविवाद नर्गुस् । मनलाई शान्त राख्नुस् ।
६.आफुभन्दा ठूलोलाई नराम्रो नभन्नु स् लक्ष्मी पुजाको दिन आफुभन्दा ठूलोको अपमान हुने काम नगर्नुस् । बरु पुजा गरेपछि सबैलाई दर्शन गरी आशिर्वाद लिनुहोस् ।
७. बासी फूल नचढाउनुुस् स् लक्ष्मी पूजाको दिन देवी लक्ष्मीलाई बासी फूल नचढाउनुस् । देवी लक्ष्मीको पूजा गर्दा भखरै टिपेको ताजाफूलको प्रयोग गर्नुस् ।
८. जुवा नखेल्नुहोस् स् लक्ष्मी पूजाको दिन प्रायः मानिसहरु जुवा खेल्ने गर्छन् । देवी लक्ष्मीको कृपा पाउन चाहनुहुन्छ भने जुवा खेल्ने काम पनि नगर्नुस् ।
९. स्त्रीसँग सम्बन्ध नबनाउँनुस् स् लक्ष्मी पुजाको रात आफ्नो पत्नी या कुनै परस्त्रीसँग सम्बन्ध नबनाउनुस् ।
१०.भेदभाव नगर्नुस् स् लक्ष्मी पूजाको दिन उपहार दिँदा सबैलाई बराबर दिनुहोस् । भेदभाव गर्नाले देवी लक्ष्मी रिसाउन सक्छिन्