भारत र पाकिस्तानका सेनाबीच भिडन्त,सर्वसाधारणसहित २२ जनाको मृत्यु

बोलन्या थली | २९ कार्तिक २०७७, शनिबार
भारत र पाकिस्तानका सेनाबीच भिडन्त,सर्वसाधारणसहित २२ जनाको मृत्यु

एजेन्सी : भारत र पाकिस्तानका सेनाबीच जम्मु–कश्मिरमा भिडन्त सर्वसाधारणसहित २२ जनाको मृत्यु भएको छ । शुक्रबार सीमा नियन्त्रण रेखा ‘एलओसी’ मा पाकिस्तानी सेनाले गरेको गोलाबारीमा भारततर्फ ५ सुरक्षाकर्मी र ६ सर्वसाधारणको मृत्यु भएको हो ।

भारतका तीन सैनिक घाइते भएका छन । त्यस्तै भारतीय सेनाले गरेको जवाफी कारबाहीमा पाकिस्तानतर्फ ३ कमान्डरसहित ११ सैनिक मारिएको दावी भारतीय सेनाले गरेको छ । मारिनेमा चार सर्वसाधारण समेत छन । २३ सैनिक घाइते भएका छन् ।

दुवै पक्षले एकअर्कालाई युद्धविराम उल्लंघन गरेको आरोप लगाएका छन् । पाकिस्तानले मोर्टार आक्रमण गरेको भारतीय सेनाले जनाएको छ । भारतीय सेनाले पाकिस्तानले सर्वसाधारण नागरिकलाई निसाना बनाएको आरोप लगाएको छ ।

जनाअवजको टिप्पणीहरू