अन्तर्राष्ट्रिय सीमा नाका मंसिर ३० गतेसम्म बन्द हुने

बोलन्या थली | २८ कार्तिक २०७७, शुक्रबार
अन्तर्राष्ट्रिय सीमा नाका मंसिर ३० गतेसम्म बन्द हुने

सरकारले अन्तर्राष्ट्रिय सीमा नाका मंसिर ३० गतेसम्म बन्द गर्ने निर्णय गरेको  छ । यसअघि कात्तिक ३० सम्म सीमानाका बन्द गर्ने निर्णय गरेको सरकारले कोरोना संक्रमणको दर बढ्दै गएकाले मंसिर ३० सम्म कायम गरिएको सरकार प्रवक्ता एवं सञ्चारमन्त्री पार्वत गुरुङले बिहीबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिएका हुन् ।

यस्तै विदेशमा अलपत्र नागरिकको हकमा अब उद्धार उडान नहुने भएको छ । कोभिडका कारण विदेशमा अलपत्र १ लाख ३६ हजार २१६ जनालाई उद्धार गरी स्वदेश फर्काइएको उल्लेख गर्दै उनले अब नेपाल आउनै पर्ने नागरिकहरुको हकमा नियमित उडानबाट ल्याउने व्यवस्था मिलाउने बताए ।

जनाअवजको टिप्पणीहरू