बैतडी बस दुर्घटनामा परी मृत्यु भएका ९ जनाकै सनाखत
धनगढी : बैतडीको पाटन नगरपालिका–८ खोड्पेमा गएराति दुर्घटनामा परी मृत्यु भएका ९ जनाकै सनाखत भएको छ । दुर्घटना परी मृत्यु हुनेमा बैतडीको दोगडाकेदार गाउँपालिका–६ सित्तडका २५ बर्षीय प्रहरी जवान रणबहादुर चन्द, दोगडाकेदार–६ सित्तडकै २७ वर्षीय करनसिंह ऐर, दोगडाकेदार गाउँपालिकामा कार्यरत कर्मचारी कविन्द्र जोशी, कञ्चनपुरको भीमदत्त नगरपालिका–८ तिलाचौरका १५ वर्षीया कृतिका कार्की र दार्चुलाको लेकम गाउँपालिका–४ का र्तकराज गिरी छन् ।
दार्चुलाको मालिकार्जुन गाउँपालिका–५ का जगन्नाथ ओझा, कञ्चनपुरको भीमदत्त नगरपालिका–१० विजना धामी, कैलालीको धनगढी उपमहानगरपालिका–४ का नरेन्द्र चौधरी, धनगढी उपमहानगरपालिका–१८ का ऋषिराम चौधरीको पनि मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक जनकबहादुर धामीले जानकारी दिए
मृतकमध्ये कृतिका कार्कीको डडेल्धुरा अस्पतालमा उपचारका क्रममा मृत्यु भएको भने अन्य ८ जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
३४ जना घाईतेमध्ये गम्भीर घाईते ११ जनाको धनगढीस्थित माया मेट्रो अस्पतालमा उपचार भईरहेको छ भने अन्य डडेल्धुरा अस्पतालमा उपचार हुँदै छ ।