बैतडी बस दुर्घटना : ७ जनाको सनाखत, गम्भीर घाइते ११ जनाको माया मेट्रोमा उपचार हुदै


बैतडी : बैतडीको पाटन नगरपालिका-८ खोडपेमा बस दुर्घटना मृतक ९ जनाको मृत्यु भएको छ । बैतडीको गन्नाबाट महेन्द्रनगरका लागि छुटेको पवनदुत यातायातको ना ५ ख ५१४१ नम्बरको बस बैतडीको खोडपे बजार नजिकै गएराती साढे १० बजे दुर्घटना हुँदा ९ जनाको मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी नायव उपरीक्षक नारायण प्रसाद अधिकारीका अनुसार बैतडीको दोगडाकेदार-६ का प्रहरी जवान रणबहादुर चन्द,सोही वडाका करण सिंह ऐरी र कवीन्द्र जोशी,डिलासैनी गाउँपालिका– ७ घर भई हाल कञ्चनपुरको भिमदत्त नगरपालिका– १० का विजना धामी रहेकी छिन् । यस्तै दार्चुलाको मालिकार्जुन गाउँपालिका ५ का जगन्नाथ ओझा, दार्चुलाकै तर्कराज गिरि र कञ्चनपुरको भीमदत्त नगरपालिका ८ की किर्तिका कार्की रहेकी छिन् । २ जनाको सनाखत हुन बाकी रहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।
दुर्घटनामा परी घाइते भएका ३४ जनामध्ये गम्भीर घाइते १० जनाको धनगढीको माया मेट्रोमा उपचार भईरहेको माया मेट्रो अस्पतालका अध्यक्ष धिरेन्द्र साउदले जानकारी दिए । बिरेन्द्र घर्तीमगर,विरेन्द्र चौधरी,सुरज विक,लोकेन्द्र बोहरा,पूर्ण टमटा,संगीता विक,दशरथ गिरी,बिरेन्द्र कार्की,धन सिंह खत्री,कल्पना कार्की र उनका डेढ वर्षको छोराको अस्पतालमा भर्ना भएको अध्यक्ष साउदले जानकारी दिए । बाँकी २४ जनाको डडेल्धुरा अस्पतालमा उपचार भइरहेको छ।
प्रहरी र स्थानीय मिलेर राती नै घटनास्थलबाट घाइतेहरुको उद्धार गरिएको थियो । उक्त बसमा सडकबाट ६ सय मिटर तल खसेको थियो ।