दु:खद खबर;बैतडीको खोडपेमा बस दुर्घटना हुँदा ९ जनाको मृत्यु,३४ जना घाइते
बैतडी : बैतडीको खोडपेमा बस दुर्घटना हुँदा ९ जनाको मृत्यु भएको छ ।
बैतडी र दार्चुलाको सीमा क्षेत्र गन्नादेखि कञ्चनपुरको महेन्द्रनगरका लागि छुटेको ना ५ ख ५१४१ न को पवनदुत यातायातको यात्रुवाहक बस बिहीबार राति साढे ९ बजेतिर भीरबाट खसेको हाे ।
दुर्घटनामा परी ८ जनाको घटनास्थलमै र एक जनाको डडेल्धुरा अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । मृतकमध्ये ७ पुरुष र २ जना महिला छन् ।
दुर्घटनामा ३४ घाइते भएका छन् । घाइते ३४ जनामध्ये गम्भीर घाइते ७ जनालाई धनगढी रेफर गरिएको छ । बाँकी २७ जनाको डडेल्धुरा अस्पतालमा उपचार भइरहेको जनाइएको छ ।
रातिको समय भएकाले दुर्घटनाबारे पूर्ण विवरण आइसकेको छैन । मृतकबारे सम्पूर्ण जानकारी आइनसकेकाे प्रहरीले जनाएकाे छ । बस सडकबाट झण्डै ३ सय मिटर तल खसेकोले बस दुई टुक्रा भएको बताइएको छ ।
क्षमता भन्दा धेरै यात्रु बोकेकाले दुर्घटना भएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।