कैलाली -कञ्चनपुर सहित सुदूरपश्चिममा देउसी–भैलो खेल्न नपाइने
कञ्चनपुर। कोरोना संक्रमणको दर बढ्दै गएपछि सुदूरपश्चिममा यो बर्षको तिहारमा देउसी भैलो खेल्न रोक लगाइएको छ । सुदूरपश्चिमका विभिन्न जिल्लाहरुमा देउसी भैली खेल्न रोक लगाईएको जिल्ला प्रशासान कार्यालयहरुले जनाएकमो छ ।
कैलाली,कञ्चनपुर, सहित पहाडी जिल्लाहरुमा तिहारमा देउसी भैलो खेल्न तथा भिडभाड गर्न नपाइने भएको हो । चाडपर्वको समयमा हुने बढी आवातजावातले संक्रमण फैलिने सक्ने भन्दै स्थानीय प्रशासनहरुले भिडभाड विना नै चाडपर्व मनाउन आग्रह गरेको छ ।
तिहारमा आयोजना हुने देउसी–भैली लगायतका कार्यक्रममा समेत प्रदेशका स्थानीय प्रशासन कार्यालयहरुले गर्नमा रोक लगाएका हुन् ।गौरा, छठ, दशैं लगायत पर्वमा जसरी सुरक्षा सतर्कताका साथ मनाइएको थियो, त्यसरी नै सुरक्षाका मापदण्ड साथ तिहार मनाउन आग्रह गरेको जिल्ला प्रशासन कार्यालय कैलालीका सुचना अधिकारी शिवराज जोशीले बताए ।
तिहारमा पनि प्रमुख जिल्ला अधिकारीको आदेशलाई निरन्तरता दिइने बताउँदै सूचना अधिकारी जोशी देउसी भैलीको कार्यक्रम गर्न रोक लगाएको जानकारी दिए । यस्तै कञ्चनपुर जिल्लामा पनि दशैंमा जारी गरिएको आदेशलाई निरन्तरता दिइने भएको छ ।
दिदीभाईको पर्वका रुपमा मनाइने तिहारमा देउसी–भैलो खेल्ने, साथी भाईबीच जमघट हुने, मेलाको आयोजना गर्ने लगायतका क्रियाकलापहरु नगर्न कञ्चनपुर प्रशासनले अनुरोध गरेको छ ।त्यस्तै पटाका पट्काउने कार्यमा पनि बन्देज लगाइएको कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी रामकुमार महतोले जानकारी दिए । उता जिल्ला प्रशासन कार्यालय डोटीले पनि देउसी भैलो खेल्नमा रोक लगाएको छ ।
जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको बैठकले सो निर्णय गरेको प्रमुख जिल्ला अधिकारी भिमप्रसाद भट्टराईले बताए । राति ८ बजेदेखि बिहान ५ बजेसम्म अत्यावश्यक बाहेकका सवारी साधन सञ्चालनमा समेत रोक लगाइएको प्रमुख जिल्ला अधिकारी भट्टराईले भनाई छ।
दिदीभाईको पर्वका रुपमा मनाइने तिहारमा देउसी–भैलो खेल्ने, साथी भाईबीच जमघट हुने, मेलाको आयोजना गर्ने लगायतका क्रियाकलापहरु नगर्न बिभिन्न प्रशासनले अनुरोध गरेको छ ।