रुडुकद्वारा ग्रामीण बस्तीमा हातधुने स्टेशन जडानसहित साबुन बाल्टी बितरण

बोलन्या थली | २६ कार्तिक २०७७, बुधबार
रुडुकद्वारा ग्रामीण बस्तीमा हातधुने स्टेशन जडानसहित साबुन बाल्टी बितरण

धनगढी : डडेल्धुरामा ग्रामिण महिला विकास तथा एकता केन्द्र (रुडुक) ले गन्यापधुरा गाउपालिकाका २ र ५ वडामा साबुन बाल्टी बितरण गरेको छ । स्वच्छताका लागि ब्यवहार परिवर्तन कार्यक्रम अन्तर्गत वडाका ग्रामीण बस्तीहरुमा साबुन बाल्टी बितरण गरेको हो ।

कोरोना भाईरसको संक्रमणको सचेतसङ्गै ग्रामीण बस्तीका नागरिकलाई सरसफाइमा अभिप्रेरित गर्ने उद्देश्यले रुडुक डडेल्धुराले स्थानीय तहहरुमा साबुन बाल्टी र बाक्लो भिड हुने स्थलमा वासस्टेशन जडान गरिने काम गरिरहेको रुडुक डडेल्धुराकी कार्यकारी निर्देशक सारदा खड्काले बताइन् ।

रुडुक डडेल्धुराको सहयोगमा गाउपालिकाको छनोटका आधारमा वडा नम्बर २ वडा अन्तर्गत कोरगाउमा २ सय २५ साबुन,७५ वटा बाल्टी र वडा ५ अन्तर्गत कापडीगाउँ, गनेडा,ओखलबाटा गरि ३ सय १५ साबुन,१ सय ५ वटा बाल्टी बितरण गरिएको र गणेश उच्च माबी वडाल र  सरस्वती मावी रेलमा हेन्डवास सहितको पाँच सय लिटरको टंकी राखि हात धुने स्टेशन जडान गरिएको उनले बताइन् ।

वडा नम्बर २ का केही बाकी टोलहरुमा रुडुक,सुहारा र वडा कार्यालय २ को समन्वयमा सरसफाइ अभियान गर्ने तय भईसकेको र केही समयमा ती वडा सरसफाइ अभियान सन्चालन हुने उनले बताईन ।

जनाअवजको टिप्पणीहरू