महाकाली पार गरेर लुकीछिपी भारत छिर्न खोज्ने ४ नेपाली प्रहरीको नियन्त्रणमा
महाकाली नदी पार गरेर घुसपैठ गर्ने ४ नेपालीलाई भारतीय प्रहरीले नियन्त्रणमा लिएको छ । दार्चुलाको झुलाघाटबाट ट्युबमार्फत नदी पार गरेर भारत छिर्ने ४ नेपालीलाई भारतीय सीमा सुरक्षा बल(एसएसबी) र प्रहरीले पक्राउ गरेको हो ।
उनीहरुलाई कारवाहीका लागि भारतीय अदालतमा पेश गरिएको भारतीय संचार माध्यम जागरणले जनाएको छ ।
झूलाघाटका थानाध्यक्ष तारासिंह राणा र एसएसबीको के सी कंपनी इंचार्ज एसआइ केएन नगरकोटीको टोलीले उनीहरुलाई ट्युबबाट भारत प्रवेश गरिरहेको अवस्थामा पक्राउ गरेको थियो । मंगलबार तालेश्वर र अमतड़ीको बीचमा रहेको खर्कतड़ीबाट पक्राउ परेका उनीहरु बझाङका रहेको थानाध्यक्ष तारासिंह राणाले जानकारी दिएका छन् ।
उनीहरु विरुद्ध विदेश अधिनियमको धारा १४ र घर ३ पासपोर्ट अधिनियम अनुसार कारवाही हुने जनाइएको छ ।
तिहारको समयमा हुने अवैध तस्करीलाई नियन्त्रण गर्न सुरक्षा बढाइएको थानाध्यक्ष तारा सिंहले बताएका छन् ।