सुदूरपश्चिमको प्रसिद्ध मेलाका रुपमा चिनिएको ‘वडाल जातँ’ यस बर्ष नहुने


डडेल्धुरा : सुदूरपश्चिमको प्रसिद्ध मेलाका रुपमा चिनिएको वडाल जातँ यस बर्ष नहुने भएको छ ।
जिल्लाको गन्यापधुरा गाउँपालिकाको वडा न २ बडाल स्थित गणेशपुरमा रहेको लाटा गन्याप देवताको मन्दिरमा लाग्ने वडाल मेला यसबर्ष कोरोना महामारीका कारण मेला नहुने गाउँकार्यपालिकाले निर्णय गरेको प्रमुख प्रशासकीय अधिकृत दिलीप तामाङले बताए ।
वडाल मेला मात्र नभई सबै वडामा हुने कुनै पनि मेला तथा जातहरु र तिहारमा हुने देउसी भैलो समेत नखेल्न पाईने गाउँ कार्यपालीकाले मंगलबार निर्णय गरेको प्रमुख प्रशासकीय अधिकृत तामाङले बताए । काक्तिक शुक्ल दशमीको दिन राती रतेडी र एकादशीको दिन दिवामेला लाग्ने परम्परा रहि आएको छ।
सुदूरपश्चिममा वडाल जाँतको वडाल चौलो भनेर प्रसिद्ध रहेको छ ।