आफ्नै मन्त्रिपरिषदमा एउटाले कर लगाउने, अर्काले कर हटाउने


काठमाडौं – प्रधानमन्त्री केपी ओलीको सरकारको मन्त्रिपरिषद्ले गरेका धेरै निर्णय फिर्ता वा खारेज हुँदै आएका छ्न । विगतमा मन्त्रिपरिषद्ले गरेका राजनीतिक दल विभाजन, संवैधानिक परिषद्सम्बन्धी अध्यादेश, गुुुुठी सम्बन्धि अध्यादेश फिर्ता लिएको थियो ।
यस्तै सरकारले विद्युतीय सवारीमा लगाइएको कर पनि फिर्ता गरेको थियो । ओलि सरकारमा पुुुर्वअर्थमन्त्री रहेका डा.युवराज खतिवडाले पुस्तक आयातमा लगाएको कर सोमबारको मन्त्रिपरिषद् बैठकले हटाएको छ । हालका अर्थमन्त्री विष्णु पौडेलले सो निर्णय खारेज गरेका छन् । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले पुस्तक आयातमा लाग्दै आएको १० प्रतिशत भन्सार महसुल हटाउने निर्णय गरेको हो ।
अर्थ मन्त्रालयको प्रस्तावमा बैठकले कर हटाउने निर्णय गरेको हो । पूर्वअर्थमन्त्री खतिवडाले सबै प्रकारका पुस्तक आयात गर्दा अधिकतम खुद्रा मूल्य (एमआरपी) मा १० प्रतिशतका दरले भन्सार महसुल लाग्ने व्यवस्था गरेका थिए ।
आर्थिक ऐन २०७७ को दफा १८ को उपदफा (१) बमोजिम मन्त्रिपरिषद् बैठकले करका दरहरू परिवर्तन गर्न पाउँछ । सोहीअनुसार बैठकले करका दर परिमार्जन गरेको छ ।