डडेल्धुरामा रुडुकले थाल्यो सार्वजनिक स्थलहरुमा टंकी राखि हातधुने ब्यवस्था

बोलन्या थली | २३ कार्तिक २०७७, आईतवार
डडेल्धुरामा रुडुकले थाल्यो सार्वजनिक स्थलहरुमा टंकी राखि हातधुने ब्यवस्था

धनगढी : डडेल्धुरामा ग्रामिण महिला विकास तथा एकता केन्द्र (रुडुक) ले स्वच्छताका लागि ब्यवहार परिवर्तन कार्यक्रम अन्तर्गत सार्वजनिक स्थलहरुमाटंकी राखि हातधुने ब्यवस्था गरेको छ । सरकारी कार्यालय, सार्वजनिक यातायातमा मानिसहरुको आवतजावत बढी रहेका बेला रुडुकले स्वास्थ्य सुरक्षा अपनाउन धार्मिक स्थल,विद्यालय,बजार,सरकारी कार्यालय र बसपार्कमा टंकी राखि हातधुने ब्यवस्था गरेको हो ।

कोरोना भाईरसको संक्रमणको महामारीबाट बच्न र कोरोनाको रोकथाम गर्ने रुडुक डडेल्धुराले स्थानीय तहमा स्वास्थ्य जनचेतनामुलक कार्यक्रम, मास्क सेनिटाइजर साबुन बितरण र सार्वजनिक स्थलहरुमा हातधुने ब्यवस्था गरिरहेको रुडुक डडेल्धुराकी कार्यकारी निर्देशक सरस्वती खड्काले बताइन् ।

जिल्ला प्रशासन कार्यालय, नापि, मालपोत कार्यालय, डडेल्धुरा बसपार्क, डडेल्धुरा अस्पताल, उग्रतारा मन्दिर, महेन्द्र मावि,भुवनेश्वरी उच्छ मावी नवदुर्गा,तुफानडाडा चोक, बसपार्कमा अपांगमैत्री सहित पाँच सय लिटरको ट्यांकी राखी हात धुने ब्यवस्था गरेको र अन्य स्थानीय तहमा पनि हातधुने ब्यवस्था गरिन लागेको उनले बताइन् ।

जनाअवजको टिप्पणीहरू