राजनीतिबाट होईन राष्ट्र नितिबाट देश परिवर्तनको खाँचो : कान्छा अभियान्ता खनाल
धनगढी : देशका कान्छा अभियान्ता भनेर पहिचान बनाएका २० बर्षिय केपि खनालले अब राजनीतिबाट होईन राष्ट्र नितिबाट देश परिवर्तन गर्नु पर्ने बताएका छन् । अछाम जिल्लाको रामारोशन गाउँपालिकामा जन्मिएका उनी कैलालीको लम्किमा कक्षा १२ सम्म अध्ययन गरेका थिए ।
सानो उमेरमा समाज परिवर्तन गर्न जुटेका केपीले सफाइ अभियान अन्तर्गत समाज परिवर्तनको गर्न र धेरै युवाहरुलाई प्रेरितको स्रोत बनेका छन्। ‘क्लिन काठमाडौं’ नामको सफाइ अभियानले केपी खनाललाई काठमाडौं उपत्यकाको भीडभाडमा मात्र होइन देश विदेशमासमेत चिनाएका छन् ।
शनिबार बोलन्या थलीमा बोल्दै कान्छा अभियान्ता खनालले देश परिवर्तन गर्न सामाजिक सन्जालमा मात्र स्टाटस लेखेर होईन आफ्नै घरबाट अभियानको सुरुवात गर्नु पर्ने बताए । सुदूरपश्चिम प्रदेशमा गरिब,अशिक्षित,अशक्त,जातिय,वर्गीय र अभाबै अभाबमा ब्यापत रहेका बेला भारतमा गएर महिनाको ५/१० हजार कमाईले देश परिवर्तन गर्न सम्भव नभएकोले अब देशमै युवाले बिकासको बाटो लाग्नु पर्ने बताए ।
‘वायुको नगति सिमित हुन्छ नछेक्न सकिन्छ नदेख्न सकिने गर्छ । वायु जस्तै युवा पनि भएकोले राजनैतिक झण्डा नभई राष्ट्रिय झण्डा बिक्नु पर्छ ।´ कान्छा अभियन्ता खनालले भने । `अहिले युवाको घरघरमा पार्टीको झण्डा हुन्छ तर राष्ट्रिय झण्डा छैनन् ।´ देशमा राजनैतिकलाई प्राथमिकता दियो। राष्ट्र नितिलाई बेवास्ता गर्दा देशमा भ्रष्टाचार, अनियमिता, कुशासन र ब्यक्तिबादी बढेको उनले बताए ।
हरेक युवाले भोटका लागि राजनैतिक होईन कामका लागि राजनैतिक खाचो भएको उनले जोड दिए । सुदूरपश्चिममा बिकासको ठूलो सम्भावना भएकोले पश्चिम सेती परियोजना, पर्यटकिय क्षेत्र, धार्मिक क्षेत्र लगायत प्राथमिकता दिएर युवाले बिकासमा बाटो जोडिनु पर्ने कान्छा अभियन्ता खनालले बताए । उनले सामाजिक अभियान चलाएरै बाजुरामा अनाथाश्रम निर्माण गरेका छन्।
सामाजिक काममा जुटिरहेका खनाल पछिल्लो समय कोरोनाको महामारीमा कैलालीमा ‘हेल्प फोर निडी अभियान’ गरिसकेका छन्। जहाँ उनले मजदुर र गरिबहरको घर-घरमा खाद्यान्न उपलब्ध गराएका थिए । भारतीय स्वतन्त्रता संग्रामका नायक महात्मा गान्धीको १५१ औं जन्म जयन्तीका अवसरमा नेपालका कान्छा सामाजिक अभियन्ता केपी खनाललाई युथ आइकन अवार्डले सम्मान गरिएको छ।