पार्टीको महाधिवेशन तोकिएको समय भित्र सम्पन्न हुनु पर्दछ : युवा नेता महर

बोलन्या थली | २२ कार्तिक २०७७, शनिबार
पार्टीको महाधिवेशन तोकिएको समय भित्र सम्पन्न  हुनु पर्दछ : युवा नेता महर

धनगढी : नेपाली कांग्रेसका युवा नेता नैनसिंह महरले नेपाली काङ्ग्रेस १४ औ महाधिवेशन समयमै हुनु पर्ने बताएका छन् । कोरोना महामारीका बीचमा श्रीलंक, दक्षिण कोरिया, अमेरिका र छिमेकी देश भारत लगायतका मुलुकहरुले आमनिर्वाचन समेत सम्पन्न गरेको भन्दै युवा नेता महरले स्वास्थ्य मापदण्ड अपनाएर र आधुनिक प्रविधिको प्रयोग गरेर तथा १६५ निर्वाचन क्षेत्रमा केन्द्रीय समितका लागि मतदान गरेर तोकिएको समयमा सम्पन्न गर्न हिम्मत देखाउन आवश्यक रहेको बताएका छन् । 

शनिबार सामाजिक सञ्जालमार्फत नेता महरले ४ वर्ष सम्म मिल्न नसकेका भागवण्डा लगायत पुनः उठान गरिएका बिषयको गलफल्तिले महाधिवेशनको अनिश्चितता मात्रै बढाउने, समग्रतामा विधानको पुर्ण पालना र कार्यक्रमको गतिशीलतामा सिंगो केन्द्रीय समिति अन्तमा गुटगत प्रभाबको सिकार हुदै आएको अवगत गराउदैँ तोकिएकै समयमा महाधिवेसन सम्पन्न गर्नुपर्ने बताएका हुन् । 

‘कांग्रेस भनेको केन्द्रीय समिति मात्र नभएकाले केन्द्रलाई मन परेका कुरा तलकालाई मन नपर्न सक्छ, नेता महरले भने, सबै तहका नेताहरु विवेकी भएको कुरा बुझिदिन र महाधिवेशन तोकिएको समय भित्र सम्पन्न गरिदिन अनुरोध गर्दछु ।’

जनाअवजको टिप्पणीहरू