कैलालीकी कोरोना संक्रमित महिलाको कोहलपुरमा मृत्यु


कैलाली । कैलालीकी कोरोना संक्रमित महिलाको कोहलपुरमा मृत्यु भएको छ । जिल्लाको टीकापुर नगरपालिका वडा नम्बर १ की ५६ वर्षीया महिलाको मृत्यु भएको हो । उनको शुक्रबार दिउँसो २ः४५ बजे नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा मृत्यु भएको अस्पतालले जानकारी दिएको छ ।
कात्तिक २० गते अस्पताल भर्ना भएकी उनमा सोही दिन कोरोना संक्रमण पुष्टि भएको थियो ।