मध्यराति धनगढी बसपार्कमा एक होटेलमा प्रहरीको छापा, होटल मालिकसहित ६ जना पक्राउ


धनगढी–धनगढी बसपार्कमा रहेको एक होटेलमा गए राती १ बजे प्रहरीले छापा मारेको छ । युवतीलाई भारतमा बेचबिखनका लागि लगिदैछ भने सुचनाका आधारमा प्रहरीको टोलीले छापा मार्दा होटेल मालिक सहित ६ जनालाई पक्राउ परेका हुन ।
राती करिब १ बजे बसपार्कमा रहेको होटेल न्यु बडी केदारका सञ्चालक टेकेन्द्र बडैला सहित ६ जनालाई पक्राउ गरीएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक प्रतीक विष्टले बताए । १७ वर्षका दुई युवती र १९ वर्षका एक युवतिलाई बेचबिखनका लागि होटेलमा राखिएको र उनीहरू मध्ये दुई जना सर्लाही र एक जना सिन्धुलीका रहेको प्रहरी नायब उपरीक्षक बिष्टले बताए । होटेल सञ्चालक र अर्का एक युवक र युवति लाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।
होटेल मालिकलाई सोधपुछका लागी नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । । बेच्न लैजान लागिएका भनिएका अन्य तिन युवति लाई शान्ति पुनर्स्थापना केन्द्रको सेफ हाउसमा राखिएको छ । घटना बारे थप अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक विष्टले बताए । होटेल बाट केही मात्रामा चरेस समेत बरामद भएको छ ।
