धनगढीमा सडक बिस्तारमा रहेका संरचना घर धनी आफै भत्काउन थाले


धनगढी :धनगढीमा सडक बिस्तारका लागि सडक क्षेत्रधिकार भित्र पर्ने संरचनाहरु घरधनी आफै घर भत्काउन थालेका छन् । नगरका सडकहरु फराकिला बनाउन सडक क्षेत्रधिकार भित्र पर्ने पर्खाल, घर, टहराहरु भत्काउन थालेका हुन ।
बुधवार मात्रै धनगढी उप–महानगरपालिका वडा नं २ का ९ जना घरधनी र वडा नं ५ का ४ जना घरधनीले संरचना भत्काउन सुरु गरेका छन् । वडा नं २ मा निर्माण भैरहेको गुल्म–चर्च सडक १० मिटर फराकिलो बन्दै छ भने वडा नं ५ भएर निर्माण गरिने क्याम्पस रोड– चटकपुर सडक १६ मिटर फराकिलो बनाईदै छ ।
घरधनीले संरचना भत्काउदा नगर प्रमुख नृपबहादुर वड, उप–प्रमुख सुशीला मिश्र भट्ट, उप–महानगरका डिभिजनल ईन्जीनियर स्वयं उपस्थीत भएर सडकक्षेत्र छुट्टाउने काममा सहयोग गरेका थिए । घरधनीहरु आफै घन, सावल लिएर संरचना भत्काउन थालेको नगरप्रमुख नृपबहादुर वडले बताए ।