प्रवासले दिएको सशक्त सन्देश

बोलन्या थली | १८ कार्तिक २०७७, मंगलवार
प्रवासले दिएको सशक्त सन्देश

काठमाडौँ – लेखक एवं पूर्वपत्रकार सुमित शर्मा समीरद्वारा लिखित प्रवास  सामान्य कथामा आधारित गहकिलो उपन्यास हो।

पाकिस्तानी र क्यानडियन परिवेसमा यो उपन्यास लेखिए तापनि यो यथार्तमा सबै विकासोन्मुख समाजको मध्यमवर्गीय परिवारको संघर्षको गहन कथा हो।

यस अर्थमा उपन्यासको दयारा कुनै निश्चित भूगोलमा मात्र सीमित छैन भन्न सकिन्छ । उपन्यासका प्रमुख पात्र अलि बुढयौली उन्मुख छन्न् ।

उनी लाहोरमा सामान्य जागिरे हुन्छन । त्यो जागिरमै चित्त बुझाउन चाहन्छन्। उनी पत्नी जारा र छोरी आयेशासँग आफ्नो जीवन दुःखसुख निर्वाह गरिरहेका हुन्छन्।

वास्तवमा अलि धेरै महत्वकांक्षी छैनन्। आफ्नो जीवनबाट जे प्राप्त हुन्छ त्यसमा सन्तुष्ट बन्नुपर्छ भन्ने उनको मान्यता छ।

तर उनी बिरोधाभासी पनि छन्न्। भन्छन्,‘ मेरो द्वैधताका बारेमा म बाहेक अरू कोही जानकार भएका भए निकै आश्चर्यचकित पर्थे होलान् ! एकछिनमै पुनः आफैँलाई प्रश्न गरेँ, तर आश्चर्य पर्नु पर्ने के कारण छ ? के हामी सबै द्वैधतामा बाँच्दैनौँ ?’ द्वैधता हामी सबैको अभिन्न अंग हो । शायद मानिसको चा? चरित्र । मानिसले चाहेर द्वैधतालाई अँगालेको हुँदैन । यो जीवनसँगै जन्मन्छ । मृत्युसँगै सकिन्छ । फरक यति हो– कसैले यसलाई बोध गर्छ । कसैले गर्दैन ।’

००
अलि आध्यात्मिक र दार्शनिक स्वभावका पनि छन्। समग्र उपन्यासमा उनले राजनीति, दर्शन, आधुनिक सभ्यता, लोकतन्त्रको वर्तमान अवस्था र विश्वव्यापी वर्तमान अवस्थामा एक सामान्य मानिस कहाँ उभिएको छ भन्ने गम्भीर प्रश्नहरुमा विमर्श गरेका छन्। विभिन्न पात्रहरूसँग संवादको रूपमा। तसर्थ उपन्यासका सबै पात्रहरू सशक्त छन्। अलिले एक समग्र कालखण्डको नेतृत्व गरेका छन्।

उनी आधुनिक कालका अर्थात अन्य सामान्य जीवन जिउने मानिसका एक प्रतिनिधि पात्र हुन्। उनले अरु मानिसले जस्तै प्रेम, इर्श्या, बिछोड, धोखा जीवनका विभिन्न समयमा अनुभव गर्छन्। र, अन्त्यमा गएर आफ्नै चाहनाका कारागारहरूबाट मुक्ति खोज्छन्, उनले।

उपन्यासकी अर्की सशक्त पात्र अलीकी पत्नी जारा हुन्। जारा अलि भन्दा बढी महत्वकांक्षी छिन्। उनलाई समाजको पनि उत्तिकै पिर छ। परिवारको पनि।

जाराकै दबाबमा अलि प्रवासीको रूपमा क्यानाडा पुग्छन। बिरानो ठाउँमा। जाराले पश्चिमा समाजलाई त्यती रूचाउँदिनन् तर आर्थिक?पमा बलियो हुन अली बिदेशीनुको बिकल्प उनले देख्दिनन्।

वास्तवमा उनी भावना भन्दा व्यवाहारिक पाटोमा बढी केन्द्रीत भएको पाइन्छ। एक दिन अलिसँगको बादबिबादमा उनी भन्छिन्, ‘मलाई अस्तित्व दिएको छ पाकिस्तानले। म’ हुनुको अर्थ। हाम्रो समाज समस्यारहित छैन । तर यहाँ मेरो जीवनले सार्थकता पाएको अनुभूति हुन्छ । गर्व महसूस गर्छु । यो गर्व–बोध मेरो परम्पराको देन हो । परम्परा मात्र उन्नत हुन्छ भन्दिन । तर त्याज्य पनि ठान्दिन । त्यसैले मेरो परम्परा मलाई विगत लाग्दैन । वर्तमानमा मसंगै जीवित लाग्छ । यो जीवन्त धारालाई आज हामी पुरातन भन्छौँ । प्रगतिको नाममा । विकासको नाममा । मानौँ विगतमा विकासै भएन । मानौँ मोहम्मद र सूफीले प्रतिपादित गरेको सत्यको परम्परा उन्नत थिएन ?’

अलिको प्रेमिकाको रुपमा उपन्यासकी अर्की सशक्त पात्र हुन् रिया। भारतीय मुलकी रिया अली भन्दा निकै कान्छी तर विवाहित हुन्छिन। फेरि पनि अलिको प्रेममा पर्छिन्।

पछि अलिले उनलाई छोडेर पाकिस्तान फर्कदा त्यो सम्बन्ध टिक्न नसकेकोमा उनले अलीलाई मात्र दोष दिन्निन्।

छुट्टिने क्रममा उनी अलिलाई भन्छिन्, ‘म कम दोषी छैन, अलि। मेरो प्रेम पनि स्वार्थरहित थिएन । श्रीमानकाे प्रेमको चिहानमा मैले तिम्रो प्रेमको बीजारोपण गरेकी थिएँ। रोहितलाई त्यागेर तिमीलाई अँगालेकी थिएँ। प्रेम आफैले भेद गर्दैन । फरक फरक मानिसले फरक फरक तरिकाले प्रेमको प्रयोग गर्दा रहेछन् । यसरी अभेदी प्रेमलाई मानिसले भेद्ने रहेछन् । अपवित्र बनाउँदा रहेछन् । तर आज तिम्रो निम्ती खुशी छु । घर फर्कंदैछौ । खुशी खुशी जाऊ ।’

ग्लोबल अडियन्सको निम्ति लेखिएको जस्तो देखिने प्रवासमा मुलत प्रवासीहरूको कथा छ। तर यी प्रवासीका माध्यमबाट लेखकले दर्शन, राजनीति, मानिसका सम्बन्ध, सभ्यताको जीवन र भबिस्यको बारे सन्देश दिने कोशिस गरेका छन्।

१८५ पृष्ठको अन्त्य सरल र मिठो भाषामा लेखिएको प्रवास एक सिटिङ्गमा सकिन्छ। सुमित शर्मा समीरको पहिलो उपन्यास प्रवासले नेपाली साहित्य प्रेमी र आम पाठकलाई आउँदो केही समय सम्म तरंगित गर्ने पक्का पक्की छ। उपन्यास सम्पूर्ण किताब, भोटाहिटीस पशुपति बुक्स, बानेश्वर र  kinumna.com मा उपलब्ध छ।- देश सञ्चार

जनाअवजको टिप्पणीहरू