माछा मार्दै महिला (फोटो फिचर)

बोलन्या थली | १८ कार्तिक २०७७, मंगलवार
माछा मार्दै महिला (फोटो फिचर)

कञ्चनपुर । कैलाली-कञ्चनपुरका थारु समुदायहरु अहिले बिभिन्न नदि खोलामा माछा मार्नमा व्यस्त देखिने गरेका छन । कञ्चनपुरको पुनर्वास नगरपालिका वडा नम्बर ११ मा बसोवास गर्दै आईरहेका थारु गाँउका महिलाहरु वडाकै एक खोलामा सोमवार दिउँसो माछा मार्नमा व्यस्त देखिएका थिए ।

No description available.

माछा मार्नका लागि उनीहरु खाल्डाखुल्डी र पानी जमेको खेतमा यसरी माछा मार्दै गरेका थारु महिलाहरु प्रशस्तै भेटिन्छन् ।असारको अन्तिमतिर रोपाईं सकेर फुर्सदिला भएका महिलाहरु धान नपाक्दासम्मको समयमा खाल्डाखुल्डी र पानी जम्ने खेतमा लाम लागेर माछा मार्ने गर्छन् ।

No description available.

माछा खोला नालामा सहजै पाइने हुनाले पनि थारु समुदायले माछालाई मुख्य परिकार मान्दै आएका छन् । पाहुनाको सत्कारका लागि पनि माछा नै मुख्य परिकार हो । महिला मात्र होइन् फुर्सदको समयमा पुरुषहरु समेत माछा मार्न पुग्छन्। साना माछा सुकाएर सिद्रा बनाउने र ठूलो माछाको सुकुटी बनाउने गरेका छन ।

No description available.

माछा मार्न थारुहरु आफैंले बनाएका औजार प्रयोग गर्छन्। महिला र पुरुषहरुले फरक–फरक औजार प्रयोग गरी माछा मार्छन्।  महिलाहरुले हेल्का, पखै र तापीको प्रयोग गरेर माछा मार्छन् भने पुरुषहरुले खोङ्ग्या, ढरिया, जाल, महाजाल र च्युढी प्रयोग गर्छन् । 

No description available.

जनाअवजको टिप्पणीहरू