शनिबार गड्डाचौकी र गौरीफन्टा नाकाबाट १२ सय ४१ जना भारत पसे

बोलन्या थली | १५ कार्तिक २०७७, शनिबार
शनिबार गड्डाचौकी र गौरीफन्टा नाकाबाट १२ सय ४१ जना भारत पसे

कञ्चनपुर । कञ्चनपुरको गड्डाचौकी र गौरीफन्टा नाकाबाट शनिबार  १२ सय ४१ जना भारत गएका छन भने ४ सय १८ जना स्वदेश फर्किएका छन । जिल्ला प्रशासन कार्यालय कञ्चनपुरका अनुसार गड्डाचौकी नाकाबाट २६ महिला, १७० पुरुष र ३ बालबालिका गरि १९९ जना गड्डाचौकी नजाकाबाट भारत गएका छन भने गौरीफन्टा नाकाबाट १९१ महिला, ७२२ पुरुष,१०६ बालबालिका गरि एक हजार ४१ जना  भारत गएका छन ।

यस्तै दुबै नाकाबाट शनिबार नै ४ सय १८ जना स्वदेश फर्किएका हुन । जसमा गड्डाचौकी नाकाबाट ५० महिला ११९ पुरुष १९ बालबालिका गरि १८८ र गौरीफन्टा नाकाबाट ५१ महिला १४६ पुरुष,३३ बालबालिका गरि २३० जना स्वदेश फर्किएको जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले जनाएको छ ।

पछिल्लो समय दशैँमा आफ्नो घरपरिवार र मान्यजनबाट टिका लगाएर रोजगारीका लागी भारत  जानेको संख्या बढ्दै गएको छ ।  प्रत्येक वर्ष चाडबाड नजिकिएसँगै भारतबाट यी नाकामा हजारौँ सङ्ख्यामा नेपाली स्वदेश फर्किने गर्दथे । चाडबाडमा आएका नेपाली पारिवारिक मिलनसगैं दुःखसुख साटासाट गरिन्थ्यो ।

तर, कोरोनाको कहरका बेला स्वदेश फर्किएका नेपालीहरूलाई न राज्यले नै केही गर्न सक्यो न त जीविकोपार्जनका लागि कुनै व्यवस्थापन हुन सक्यो । जसले गर्दा चाडबाडको मुखमा उनीहरू पेट पाल्नकै लागि भारत पस्न बाध्य छन् । 

जनाअवजको टिप्पणीहरू