सुदूरपश्चिममा संक्रिय संक्रमितको संख्या १३ सय १२ पुग्यो

बोलन्या थली | १५ कार्तिक २०७७, शनिबार
सुदूरपश्चिममा संक्रिय संक्रमितको संख्या १३ सय १२ पुग्यो

कञ्चनपुर । सुदूरपश्चिम प्रदेशका बिभिन्न जिल्लामा संक्रिय संक्रमितको संख्या १ हजार ३ सय १२ पुगेको छ । प्रदेश स्वास्थ्य निर्देशनालय डोटीका अनुसार सबैभन्दा धेरै कैलालीमा ५ सय ४५, डोटीमा १ सय १३, कञ्चनपुरमा ६९, बझाङमा १ सय ६७ कोरोनाका संक्रिय संक्रमित रहेका छन ।

यस्तै अछाममा ८४, बैतडीमा ३४, डडेल्धुरामा ८७, दार्चुलामा १ सय ८८ जना, बाजुरा ६ र प्रदेश बाहिर १९ जना कोरोनाका संक्रिय संक्रमित रहेका छन ।

शुक्रबार कैलालीका ३ सय ३१ जना, डोटीबाट ४४ जना, सेति प्रादेशिक अस्पतालबाट १७, बझाङबाट १० जना र कञ्चनपुरबाट ८ गरी ४०० जना डिस्चार्ज भएका छन । 

सुदूरपश्चिमबाट हाल सम्म ८ हजार १८ जना डिस्चार्ज भएका छन । सुदूरपश्चिममा ९ सय २४ जनाको स्वावको रिर्पोट आउन बाकी रहेको सामाजीक बिकाश मन्त्रालयले जनाएको छ ।प्रदेशमा हाल सम्म संक्रमीतको संख्या ९ हजार ३ सय ५३ पुगेको छ ।

जनाअवजको टिप्पणीहरू