विवाहको भोज खाएका एकै गाउँका ३४ जना बिरामी
बोलन्या थली |
१५ कार्तिक २०७७, शनिबार
कञ्चनपुर । कञ्चनपुरमा विवाहको भोज खाएका एकै गाउँका ३४ जना बिरामी परेका छन । जिल्लाको बेदकोट नगरपालिका–२ बसन्थलामा बिहेको भोज खाएर ३४ जना बिरामी परेका हुन् ।
बिहिवार बसन्थलाका रमेश थापाको बिहेमा भोज खाएर बिरामी परेका ३४ जनालाई उपचारका लागि महाकाली अस्पताल भर्ना गरिएको बेदकोट नगरपालिकाका नगर प्रमुख अशोक कुमार चन्दले जानकारी दिए।
उनका अनुसार शुक्रवार राती नै २९ जनालाई अस्पताल पु¥याइएको थियो भने शनिवार बिहान थप ५ जनालाई अस्पताल पु¥याइएको जनाएको छ । बिहे भोज खाएकाहरुमा ज्वरो आउने, पखला र वान्ता हुने समस्या देखिएको छ। बिरामी पर्नेमा महिला र बालबालिका बढि छन् ।
उनीहरु सबैको महाकाली अस्पतालमा उपचार भइरहेको छ।भोज खाने सबैलाई फूड प्वोइजन भएको चिकित्सकले बताएका छन्।