कञ्चनपुरमा डेढ लाख मूल्य बराबरको अवैध पटका बरामद

बोलन्या थली | १३ कार्तिक २०७७, बिहीबार
कञ्चनपुरमा डेढ लाख मूल्य बराबरको अवैध पटका बरामद

कञ्चनपुर  भारतबाट अवैध रूपमा नेपाल भित्र्याइएको करिब डेढ लाख मूल्य बराबरको पटका कञ्‍चनपुर प्रहरीले बरामद गरेको छ।

महेन्द्रनगरबाट सुपप्र- ०२-००१ ख ९४३ नम्बरको बसमा लोड गर्दै गरेको अवस्थामा चार बोरा पटका बरामद गरिएको जिल्ला प्रहरी कार्यालय कञ्‍चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाले बताए।

महेन्द्रनगरको गल्ली नम्बर- ५ मा पुस्तक पसल सञ्चालन गर्दै आएका दार्चुलाको शैल्यशिखर नगरपालिका-१ का दिनेश खडायतले उक्त परिणामको पटका बसमा लोड गरिरहेको अवस्थामा बरामद गरिएको प्रहरीले बताएको छ।

पुस्तक पसलमा समेत थप दुई बोरा पटका फेला परेको छ। प्रहरीले खडायत भने फरार रहेको बताएको छ । फरार रहेका उनको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ।

जनाअवजको टिप्पणीहरू