सुदूरपश्चिममा दशैँमा बन्द रहेको कोरोना परीक्षण पुन: सुरु


कञ्चनपुर । दशैँमा बन्द रहेको कोरोना परीक्षण बुधबारदेखि पुनः सुरु भएका छन । दशैँका दुई दिन प्रयोगशाला नै बन्द गरेका सुदूरपश्चिमका अस्पतालहरुले बुधबारदेखि परीक्षण थाल्ने भएका हुन् ।
नमूना संकलन शून्यमा झरेपछि बन्द भएको परीक्षण बुधवारबाट फेरि शुरू भएको सेती प्रादेशिक अस्पतालका प्रयोगशाला इन्चार्ज रमेश शाहीले बताए । आंशिक रूपमा परीक्षण बन्द गरेका पहाडी जिल्लाका अस्पतालले समेत बुधवारदेखि प्रयोगशाला सञ्चालन गरेको प्रदेश स्वास्थ्य निर्देशक डा. गुणराज अवस्थीले बताए ।
सेती प्रादेशिक अस्पतालसंगै डडेल्धुरा अस्पताल, जिल्ला अस्पताल बैतडी, बझाङ, डोटी र अछामको कमलबजार नगरपालिकाले प्रयोगशाला सञ्चालन गर्दै परीक्षण गरिरहेका छन् । तर दशैँमा भने १ जनाको पनि सुदूरपश्चिममा परिक्षण हुन सकेन । सुदूरपश्चिममा दशैँपछि कोरोना संक्रमण बृद्धि हुने चिकित्सकले अनुमान गरेका छन् ।