कस्तो रहला आज दिनभरको मौसम ?

बोलन्या थली | ११ कार्तिक २०७७, मंगलवार
कस्तो रहला आज दिनभरको मौसम ?

काठमाडौं । मौसम पुर्वानुमान महाशाखाका अनुसार हाल कुनै पनि मौसमी प्रणाली उल्लेखनीय रुपमा सक्रिय छैन ।अहिले प्रदेश नं १, प्रदेश नं २ र वाग्मति प्रदेशमा आंशिक बदली रही अन्य भू-भागमा मौसम सामान्यतया सफा रहेको छ।महाशाखाका अनुसार आज दिनभरको मौसम यसप्रकार रहने छ ।

दिउँसो : देशका पहाडी भू-भागमा आंशिक बदली रही अन्य भू-भागमा मौसम सामान्यतया सफा रहनेछ । प्रदेश १ का एक दुई स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ।

राती : देशका पूर्वी र मध्य पहाडी भू-भागमा आंशिक बदली रही अन्य भू-भागमा मौसम सामान्यतया सफा रहनेछ ।

जनाअवजको टिप्पणीहरू