“समाज रुपान्तरणका लागि जातिय विभेद अन्त्य” भन्दै युवा नेताले लगाए दलितबाट दशै टिका
बोलन्या थली |
१० कार्तिक २०७७, सोमबार
धनगढी : नेपाल बिद्यार्थी सङ्घ क्षेत्र न.४ कैलालीले दलित बस्तीमा पुगेर दशै मनाएका छन् । “समाज रुपान्तरणका लागि जातिय विभेद अन्त्य” भन्दै दलित बस्तीमा पुगेर ८४ बर्सिय रम्भादेवी बिक र र ७० बर्सिय डम्मरा देबि बिकको हातबाट टीका ग्रहण गरेका हुन ।
समाज सुधार र समाज रुपान्तरण गर्न जातिय विभेदको अन्त्यहुनु पर्ने र चाडपर्व,धर्मका नाम अमानवीय क्रियाकलाप गर्न नहुने त्यसका लागि युवाबाटै विभेद अन्त्यको सुरुवात गर्नु पर्ने नेविसंघ क्षेत्र नम्बर ४ कैलालीका सभापति गणेश शाहले वताए ।
नेविसंघको घरदैलो अभियान अन्तर्गत दलित बस्तीमा पुगेर दशै टीका लगाएको र समाजमा जातिय विभेदका बिरुद्ध जनसचेतना रहेको नेविसंघका युवानेता पदम ओझाले बताए ।
उक्त दशै टीका कार्यक्रममा नेविसंघ क्षेत्र नम्बर ४ नेविसंघ युवा नेता सहभागी रहेका थिए ।


