कस्तो रहला आज दिनभरको मौसम ?


काठमाडौं। मौसम पुर्वानुमान महाशाखाका अनुसार हाल कुनै पनि मौसमी प्रणाली उल्लेखनीय रुपमा सक्रिय रहेको छैन ।अहिले प्रदेश १, बागमती र गण्डकी प्रदेशमा आंशिक बदली रहेको छ ।महाशाखाका अनुसार आज दिनभरको मौसम यसप्रकार रहने छ ।
दिउँसो : प्रदेश १ मा आंशिक देखि सामान्य बदली तथा प्रदेश २, बागमती र गण्डकी प्रदेशमा आंशिक बदली रही अन्य भू-भागमा मौसम सामान्यतया सफा रहनेछ । प्रदेश १ का एक-दुई स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ।
राती : प्रदेश १ मा आंशिक देखि सामान्य बदली तथा प्रदेश २, बागमती र गण्डकी प्रदेशमा आंशिक बदली रही अन्य भू-भागमा मौसम सामान्यतया सफा रहनेछ । प्रदेश १ का एक-दुई स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ।