नेविसंघ क्षेत्र न.४ कैलालीद्वारा स्वास्थ्यकर्मीको साथमा हामी तथा दशै शुभकामना कार्यक्रम
धनगढी : नेपाल बिद्यार्थी सङ्घ क्षेत्र न.४ कैलालीले स्वास्थ्यकर्मीको साथमा हामी तथा दशै शुभकामना कार्यक्रम गरेको छ । ” बढ्दैछ कोरोना बन्दैछु सचेत , अमुल्य जिवनका लागि नबनौ अचेत” नारासहित शनिबार सेती प्रादेशिक अस्पतालका स्वास्थ्यकर्मीहरुलाइ फुल र जुस दिएर स्वास्थ्यकर्मीका साथमा हामी तथा दशै शुभकामना कार्यक्रम गरेको हो ।
कोरोना महामारीमा नागरिक आफै सचेतसङ्गै कोरोना महामारीमा प्रत्यक्ष रुपमा खटिएका स्वास्थ्यकर्मीहरुको मनोबल बढाउन आवश्यक रहेको भन्दै स्वास्थ्यकर्मीमा उत्साह दिन र दशैको शुभकामना कार्यक्रम गरेको नेविसंघ क्षेत्र नम्बर ४ कैलालीका सभापति गणेश शाहले वताए ।
कोरोना रोकथाम गर्ने हामी आफैले सचेत रहेर दशै पर्व उत्साहका साथ मनाउनु पर्ने र स्वास्थ्यकर्मीको मनोबल बढाउने काम गर्न आवश्यक रहेकोले कोरोनासम्बन्धी सचेत नागरिकलाई गराउन नेविसंघले यो कार्यक्रम गरिएको नेविसंघका युवानेता पदम ओझाले बताए । कोरोना महामारीलाई जित्न स्वास्थ्यकर्मीसङ्गै अघि बढ्नु पर्ने उनले बताए । कार्यक्रममा नेविसंघ क्षेत्र नम्बर ४ नेविसंघ युवा नेता सहभागी रहेको थियो भने नेविसंघका युवानेता दिपक ओझा र थानेश्वर भट्टको सहयोग रहेको थियो ।