हङकङमा रहेकी हिना लिम्बूको सहयोगमा केराबारीका अति विपन्न ९ परिवारलाई खाध्यान्न सहयोग
बोलन्या थली |
५ कार्तिक २०७७, बुधबार
मोरङ : कोभिड-१९ ले समस्यामा परेका परिवारलाई खाध्यान सहयोग गरेको छ । मोरङको केराबारी गाउपालिका ७ घर भएकी हाल हङकङमा रहेकी हिना लिम्बू (संगीता)को सहयोगमा केराबारी ७ का अति विपन्न ९ घर परिवार खाध्यान्न सहयोग गरेका हुन ।
कोरोनाका कारणले समस्यामा परेका अति बिपन्न ९ परिवारलाई एक-एक बोराका दरले चामल, नुन, तेल लगायत आवस्यक सामाग्री वितरण गरिएको पप्पु साहले जानकारी दिए । दशैको शुभकामना सहित खाद्यान्न बितरण र अभियानलाई निरन्तरता दिन हाम्रो प्रयास रहेको उनले बताए । उनले सहयोग गर्ने हङकङमा रहेकी हिना लिम्बूलाई धन्यवाद ब्यक्त गरेका छन् ।