सुदूरपश्चिम प्रदेश सरकारले गर्‍यो जनपक्षीय निर्यण

बोलन्या थली | ५ कार्तिक २०७७, बुधबार
सुदूरपश्चिम प्रदेश सरकारले गर्‍यो जनपक्षीय निर्यण

धनगढी : देश अहिले कोरोनाको महामारीसङ्ग जुझिरहेको अवस्थामा संघीय सरकार भने निशुल्क कोरोनाको उपचार नगर्ने निर्यण गरेको छ । तर सुदूरपश्चिम प्रदेश सरकारले भने नागरिकको समस्यालाई मध्येनजर गर्दै कोरोना संक्रमितको उपचार तथा परीक्षण निशुल्क हुने जनाएको छ ।

मंगलबार पत्रकारहरुसँगको भेटघाटमा सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री त्रिलोचन भट्टले प्रदेश सरकारले कोरोना संक्रमितको उपचार तथा परीक्षण निशुल्क गर्ने बताएका हुन् ।

अहिले सम्म निशुल्क हुँदै आएको परिक्षण तथा उपचार आगामी दिनहरुमा पनि निरन्तर जारी रहने उनले बताए ।
उनले महामारीका बेला जनताको उपचार गर्ने दायित्व सरकारको भएकोले प्रदेश सरकार यस उत्तरदायीत्ववाट पछि नहट्ने बताएका छन् । प्रदेश सरकारले गरेको यो निर्णयलाई जनताले धन्यवाद ब्यक्त गरेका छन् ।

जनाअवजको टिप्पणीहरू