डिउटीका क्रम हत्या गरिएका प्रहरी जवान साउदको सम्मानसहित अन्त्येष्टि


धनगढी : डिउटीका क्रम हत्या गरिएका अस्थायी प्रहरी पोष्ट जुगेडाका प्रहरी जवान रामबहादुर साउदको आज अन्त्येष्टि गरिएको छ ।
साउदको अछामको कैलाश खोलामा शोक सलामी सहित अन्त्येष्टि गरिएको हो । प्रहरी सहायक निरीक्षक रमेश भट्टको टोलीले साउदलाई शोक सलामी दिएका थिए ।
अछामका प्रमुख प्रहरी नायब उपरीक्षक योगेन्द्रसिह थापाले साउदको पार्थिव शरीरमा नेपाल प्रहरीको झण्डा ओढाउदै अन्तिम श्रद्धाञ्जली दिएका थिए ।
गत शनिबार नियमित गस्तीमा खटिएका बेला अस्थायी प्रहरी पोष्टका इन्चार्ज प्रहरी सहायक निरीक्षक गोविन्द बिकसँगै वेपत्ता भएका प्रहरी जवान साउदको शव मंगलबार मोहना नदीमा गाडेको अवस्थामा फेला परेका थियो ।
प्रहरी सहायक निरीक्षक बिकको शव भेटिएको स्थानदेखि २ सय मिटर तल उनको शव भेटिएको थियो । बिकको भने आइतबार बिहानै शव भेटिएको थियो ।
दुवै जनाको हत्यामा संलग्न भएको आरोपमा प्रहरीले ८ जनालाई पक्राउ गरिसकेको छ ।