असई गोविन्दको हत्यामा संलग्नहरुलाई प्रहरीद्वारा पक्राउ
बोलन्या थली |
४ कार्तिक २०७७, मंगलवार
धनगढी :कैलालीको अस्थायी प्रहरी बिट जुगेडाका इन्चार्ज प्रहरी सहायक निरिक्षक गोविन्द बिकको हत्यामा संलग्नलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
आइतबार धनगढी उपमहानगरपालिका वडा नम्बर १० को नेपाल–भारत सीमास्थित मोहना नदीमा असई बिकको घाँटी रेटि हत्यामा संलग्नहरु नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।
अझै केही व्यक्तिको खोजी तीब्र रहेको चाडै नै प्रहरीले पक्राउ गर्ने जानकारी दिए ।
शनिबार राती डिउटीमा खटिएका प्रहरी सहायक निरिक्षक बिकको तस्करले हत्या गरेको थियो । गस्तीमा खटिएका प्रहरी जवान रामबहादुर साउदको अवस्था अझै अज्ञात रहेका छन् ।


