असई गोविन्द बिकको हत्यामा संलग्न गिरोह पक्राउ


कैलाली । कैलालीमा हत्या गरी मोहना नदीमा फालेको अवस्थामा फेला परेका प्रहरी अस्थायी प्रहरी पोष्ट जुगेडाका इन्चार्ज सहायक निरीक्षक गोविन्द बिकको हत्यामा संलग्न गिरोहलाई प्रहरीले पक्राउ गरेको छ ।
विककोको हत्या र प्रहरी जवान बेपत्ता भएको घट्नामा प्रहरी सफलता नजिक पुगेको छ ।प्रहरी सहायक निरिक्षक (असई)को हत्या र प्रहरी जवान बेपत्ता भएको घट्नामा प्रहरी सफलता नजिक पुगेको छ ।
प्रहरीका अनुसार गएराति थप ३ जनालाई पक्राउ गरे सगै हाल सम्म पक्राउ पर्नेको संख्या १६ पुगेको छ । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरिक्षक मुकेश कुमार सिहका अनुसार प्रहरी अपराधिको नजिक पुगि सकेको जनाएको छ ।
बिकसँगै गस्तीमा खटिएका प्रहरी जवान रामबहादुर साउदको अवस्था अझै अज्ञात छ । साउदको खोजी कार्य भइरहेको प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।