नेविसंघको घरदैलो अभियान बादी बस्तीलाई खाध्यान्न सहयोग गर्दै सुरु
धनगढी : नेपाल विद्यार्थी संघ क्षेत्र नं ४ कैलालीको घरदैलो अभियान सुरु गरेको छ । समस्या उपाय र समाधान, नेविसंघको घरदैलो अभियान नारासहित सोमबार गोदावरी नगरपालिका १२ चौकीगाउँस्थित बादी बस्तीबाट सुरु गरिएको हो ।
अति बिपन्न रहेका बादी बस्तीका ८ परिवारलाई खाद्यान्न सहयोग गरेर अभियान सुरु गरिएको घरदैलो अभियानका संयोजक पदम ओझाले जानकारी दिए । गोदावरी नगरपालिका वडा नम्बर १२ का अध्यक्ष भिम बहादुर खड्काको सहयोगमा अति विपन्न बादी परिवारलाई चामल, दाल, नुन, तेल, साबुन लगायतका खाद्यान्न सहयोग गरेको अभियानका संयोजक ओझाले बताए । समाज सुधार र समाज रुपान्तरणका लागि जातीय बिभेदको अन्त्य हुनु पर्ने संयोजक ओझाले जोड दिए । जातीय बि सन्देश दिन बादी बस्तीमै सबैले सामुहिक चियापानको कार्यक्रम समेत गरेको बताए ।
नेविसंघ क्षेत्र नं ४ का सभापती गणेश शाहको सभापतित्वमा भएको कार्यक्रमका प्रमुख अतिथि गोदावरी नगरपालिका १२ का वडा अध्यक्ष खड्का रहेका थिए । कार्यक्रममा नेपाल तरुण दल गोदावरी नगर कमिटि सभापती संकर खड्का, गोदावरी नगरपालिका २ का वडा सदस्य कमल कडायत, नेविसंघका नेता जगत राम महरा, देवराज ओझा, दिपक ओझा लगायत नेता कार्यकर्ताको सहभागिता रहेको थियो ।
‘म बन्छु जिम्मेवार कर्तव्य सँगै अधिकार’ नामक अभियान सम्पन्न गरेको नेविसंघ क्षेत्र नं. ४ ले केही दिनको अन्तराल पछि घरदैलो अभियानको थालनी गरेको हो ।