सुदूरपश्चिमका मुख्यमन्त्री भट्टले दशैं भत्ता नलिने
बोलन्या थली |
३ कार्तिक २०७७, सोमबार
धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले दशैं भत्ता नलिने घोषणा गरेका छन् । सोमवार धनगढी स्थित सचिवालयमा पत्रकारसँगको भेटघाटमा आफुले यस्तो निर्णय गरेको जानकारी दिए ।
उनले भने, ‘मानव जाती नै कोरोना महामारीले आक्रान्त रहेका बेला मन्त्री सांसदले दशैं भत्ता लिनु जाएज होइन लागेर मैले नलिने घोषणा गरेको हुँ।’
नियम कानूनले सांसद र राष्ट्रसेवक कर्मचारीलाई दशैं भत्ता दिएकोले अरुलाई दिने वा नदिने भन्दा पनि मैले आफुले नलिने घोषणा गरेको उनले बताए ।