असई बिकको हत्यारालाई कारबाहीको माग गर्दै प्रहरी कार्यालय घेराउ
कैलाली । कैलालीमा अस्थायी प्रहरी चौकीका इन्चार्ज प्रहरी सहायक निरीक्षक गोबिन्द बिकको हत्यारा पत्ता लगाइ कारवाहीको माग गर्दै आफन्तहरुले जिल्ला प्रहरी कार्यालय कैलाली घेराउ गरेका छन ।
कञ्चनपुरको पुनर्वास नगरपालिका ८ ख गाउँ स्थायी घर भएका २८ बर्षिय बिकको हत्यारा पत्ता लगाइ कारबाहीको माग गर्दै कंचनपुरबाट पुगेका आफन्त र स्थानीयहरुके जिल्ला प्रहरी कार्यालय अगाडि चक्काजाम गर्दै प्रदर्शन गरेका छन ।
डिउटीको सिलसिलामा शनिबार राती देखि बेपता बिकको भोलिपल्ट आइतबार धारिलो हतियारले घाटी काटिएको अवस्थामा धनगढी उपमहानगरपालिका १० स्थित मोहना खोलामा डुबेको अवस्थामा शव फेला परेको छ ।
घटना संलग्न भएको आशंकामा सोही क्षेत्रबाट प्रहरीले ११ जनालाई नियन्त्रणमा लिएर सोधपुछ गरिरहेको छ । असइ संगै गएका प्रहरी जवान राम बहादुर साँउदको भने अझैसम्म केहि पत्ता लाग्न सकेको छैन ।