नयाँ युवा, नयाँ सोच नेपालको डडेल्धुरा इकाई गठन

बोलन्या थली | २ कार्तिक २०७७, आईतवार
नयाँ युवा, नयाँ सोच नेपालको डडेल्धुरा इकाई गठन

धनगढी : नयाँ युवा, नयाँ सोच नेपाल डडेल्धुराको इकाई गठन गरिएको छ । डडेल्धुरा स्थित उग्रतारा वेद विध्याश्रममा खाध्यान्न सहयोग कार्यक्रमका साथ नयाँ युवा नयाँ सोच,नेपाल डडेल्धुरा जिल्ला इकाइ गठन गरिएको हो ।

स्थापना काल देखि नै यस संस्थाले युवा, महिला तथा बालबालिका लाइ लक्षित वर्ग बनाइ मुख्य गरि ग्रामीण जिल्लाहरुलाइ केन्द्रविन्दु बनाएर शैक्षिक-बौद्दिक, खेलकुद, वातावरण-सरसफाइ तथा सामाजिक-न्यायीक गरि चार क्षेत्रमा रहेर कार्यक्रम हरु गर्दै आइरहेको छ। जिल्ला इकाइ तथा प्रतिनिधि जिल्ला गरि हालसम्म देशका करिब तिन दर्जन जिल्ला सम्म पुगिसकेको यस संस्थाको डडेल्धुरा जिल्ला सुदुरपश्चिम प्रदेशको भने सातौँ जिल्ला इकाइ रहको केन्द्रिय अध्यक्ष मुकुन्द दिप मडैले बताएका छन् ।


गन्यापधुरा गा.पा. का नरेश देउवाको अध्यक्षतामा गठन भएको डडेल्धुरा इकाइमा तिन पालिकाबाट हाल ११ जना कार्यसमिति सदस्य तथा ६ जना साधारण सदस्यहरु गरि १७ सदस्य रहेको र आगामी दिनहरुमा जिल्लामा आफ्ना कार्यक्रमहरु गर्दै जिल्लाका सम्पुर्ण स्थानीय तहहरुबाट इच्छुक सदस्यहरलाइ जोडिने समेत इकाइ अध्यक्ष देउबाले जानकारि दिएका छन। कोरोना माहाव्याधीले आफ्ना पुर्वनिर्धारित नियमित कार्यक्रम हरु पछाडि धकेलिए पनि संस्थाले आफ्नो सकृयता नियमित राख्दै अहिले पनि निरन्तर रुपमा भर्चुअल माध्यम बाट विभिन्न जनप्रतिनिधि , समाजसेवी , व्यवसायी, स्वास्थ्यकर्मी लगायत सँग प्रत्यक्ष अन्तर्वार्ता कार्यक्रमहरु तथा मनोरञ्जनका निम्ति हाजिरिजवाफ, साहित्यिक कार्यक्रम ,संगितिक बसाई ,साथै कानुनी साक्षरताको कार्यक्रम समेत चलाइरहेको छ भने भर्चुअल माध्यम बाटै राष्ट्रव्यापी रुपमा वक्तृत्वकला, साहित्यकला, चित्रकला लगायतका प्रतियोगिताहरु पनि गरिरहेको छ ।“परिवर्तित युवा, परिवर्तित सोच, परिवर्तित राष्ट्र” भन्ने नाराका साथ २०७४ सालमा स्थापीत गैरलाभकारी तथा गैर राजनैतीक यस संस्थाले ‘देशको सचेत नागरिकको नेपाल सरकार तथा विभिन्न उध्योगी-व्यवसायी, शैक्षीक क्षेत्र लगायत सँग सहयोग लिएर ठुलाठुला नभएपनि आफ्नो बल बुद्दि र विवेकले भ्याएसम्मका साना तर परिवर्तनकारि कार्यक्रमहरु गर्दै आएको तथा निरन्तर गरिरहने’ बताउँछन् संस्थाका केन्द्रिय संयोजक बिनोद खत्री बताए ।


कानुनी रुपमा सम्पुर्ण प्रकृयाहरुका साथ समबन्धित निकायहरु बाट अनुमती तथा आबद्दता लिएर काम गरिरहेको युवाहरुको यस स्थाले सदाझैँ आफ्नो आधिकारिक सामाजिक सञ्जाल मार्फत नव गठित इकाइलाइ वधाइ तथा शुभकामना ज्ञापन गर्दै “नयाँ इकाइ गठन सँगै नयाँ पदाधिकारिहरुको आगमनले संस्थाको सकृयता अझै बढ्ने र साना तर महत्वपुर्ण परिवर्तनहरुका निम्ति युवाहरुले सक्ने विभिन्न क्षेत्रमा टेवा पुर्याउँदै यो जटिल समयमा अझै युवाहरुको सकृयता को आवश्यकता भएकाले सोहि अनुरुप पुराना कार्यक्रमहरुलाइ निरन्तरता दिँदै नयाँ कार्यक्रम हरु पनि थप्दै अघि बढ्ने बताएको छ” ।

जनाअवजको टिप्पणीहरू