‘असल र सभ्य मानिसको मौनता समाजको लागि हानीकारक छ’ भन्दै धनगढीमा मौन सभा
बोलन्या थली |
२ कार्तिक २०७७, आईतवार
धनगढी : ‘असल र सभ्य मानिसको मौनता समाजको लागि हानीकारक छ’ भन्दै धनगढीमा मौन सभा गरिएको छ ।
धनगढीको चौराहमा स्वतन्त्र रुपमा सहभागी युवायुवतीले बलात्कार विरुद्ध मेरो प्रतिवद्धताः दुव्र्यवहार गर्दिन, दुव्र्यवहार सहन्न’ भन्ने नारा सहित मौन सभा गरेका हुन् ।
“सचेत म, सभ्य म“ “यो मेरो पनि सरोकारको विषय“ आयोजक रहेको मौन सभाबाट सामुहिक अभियानको थालनी भएको हो । मौन सभामा सहभागी युवतीहरुले शरिरमा पुरै कालै कपडा र आँखामा कालोपट्टी बाँधेर हातमा ‘अझै कति सहने’ ‘नो मिन्स नो, इट वाज नट हर ड्रेस इट वाज योर इभिल माइण्ड’ लगायतका नारा सहित प्लेकार्ड बोकी मौन सभा गरेका थिए।
मौन सभा मार्फत बलात्कार विरुद्ध जनचेतना जगाउन आवश्यकता रहेको र बलात्कारका घटनाको राम्ररी छानबिन हुनुपर्ने र बलात्कारीलाई केही समयपछि रिहा होइन कडा भन्दा कडा कारबाही हुनुपर्ने माग गरिएको थियो ।


