राती १२ बजे एक्लै छोरी निर्धक्क हिन्ने सडक बनाउछौ : मेयर ओड


धनगढी : धनगढी उपमहानगरपालिकाका नगर प्रमुख नृप बहादुर वडले महिलामाथि हिंसाका घटना बढेको बताएका छन् । शनिबार बोलन्या थलीको सेटमा बोल्दै नगरप्रमुख वडले महिलामाथी हिंसाका घटना बढ्दै गएको बताएका हुन ।
युवामा बढ्दो लागूऔषध सेवनका कारण ६० प्रतिशत महिलामाथी हिंसाका घटना बढेको बताएका हुन । बलात्कारका घटना न्यूनीकरणका लागि उपमहानगरपालिकाले युवतीहरुलाई आत्मरक्षा तालिम दिएको र पुरुषहरूलाई पनि जनचेतनाका कार्यक्रम चलाउने बताए ।
बलात्कार र हिंसाका घटाना न्यूनीकरण गर्न नगर भित्रका सडक , बाटाहरु र सार्बजनिक स्थान सुरक्षित , क्यामेरा युक्त र निश्चित दुरीमा नगर प्रहरी राखिने बताए । उहाँले थपे जसले गर्दा राती १२ बजे पनी एक्लै छोरी निर्धक्क हिन्न सक्ने छन । समाजमा केही महिलाहरुले पुरुषसङ्ग लामो समयसम्म सम्बन्ध राख्ने केही चिसो सम्बन्ध भएमा पुरुषमाथि बलात्कारको आरोप लगाउने घटना पनि बढेको बताए । समाजमा बलात्कार घटना रोकथामका लागि कडा कानुनको आवश्यक रहेको छ । यस्ता घटना बारे स्वयंम युवाले सचेतना हुनु पर्ने र राज्यलाई दबाब दिनु पर्ने बताए ।