पुराना संयन्त्रका कारण बलात्कार बढ्यो : मुख्यमन्त्रीका स्वकीय सचिव ओली

बोलन्या थली | १ कार्तिक २०७७, शनिबार
पुराना संयन्त्रका कारण बलात्कार बढ्यो : मुख्यमन्त्रीका स्वकीय सचिव ओली

धनगढी : सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्रीका प्रमुख स्वकीय सचिव शिव ओलिले पुरानो संयन्त्रका कारण बलात्कारका घटना बढेको बताएका छन् । शनिबार बोलन्या थलीको सेटमा बोल्दै प्रमुख स्वकीय सचिव ओलिले पुरानो संयन्त्रका कारण बलात्कारका घटना बढेको बताएका हुन ।

देशमा अशिक्षा, बेरोजगार, केही धार्मिक मान्यता, राज्य ब्यवस्थाका चरीत्रका कारण बलात्कारका घटना घट्दै गएको जोड दिए । बलात्कारका घटनामा न्याय सम्पादन ढिलाई हुनु, केही यस्ता घटना अनुसन्धानमा प्रहरी प्रशासन चुकेको छ । बिगतमा समाजमा हुने खानेहरुले गरिव परिवारका छोरीलाई घरमा काम लगाएर उनि माथी बलात्कार हुने गरेको थियो यस्ता घटना अझै पनि समाज घटी रहेको बताए ।

अहिले समाजमा पीडित महिलाले न्यायका लागि अन्यायका बिरुद्द आवज बोल्न सक्ने भएका छन् । । समाज सुधार र समाज रुपान्तरण गर्ने शिक्षित युवाहरुले लाग्नु पर्ने बताए ।

बलात्कारका घटनाको छानबिन हुनुपर्ने र बलात्कारीलाई केही समयपछि रिहा होइन कडा भन्दा कडा कारबाही हुनुपर्ने माग गर्दै दैनिक बिरोध कार्यक्रम हुँदै आएको छ ।

जनाअवजको टिप्पणीहरू