धनगढी-दिपायल नियमित हवाई सेवा आजबाट सुरु
बोलन्या थली |
३० आश्विन २०७७, शुक्रबार
धनगढी । धनगढी-दिपायल नियमित हवाई सेवा आजबाट सुरु भएको छ । समिट एयरको जहाजले शुक्रबार बिहान सिट क्षमता अनुसार यात्रु लिएर उडेको हो । धनगढी विमानस्थल कार्यालयका प्रमुख तेजबहादुर बुढथापाका अनुसार धनगढी-दिपायल नियमित हवाई सेवा आज देखि सुरु भएको हो ।
उनले विहान धनगढीबाट १६ जना यात्रु लिएर गएको जहाज दिपायलबाट १३ जना यात्रुहरु ल्याएर आएको जानकारी दिए । दिपायल विमानस्थलमा यात्रुहरु छिटो नपुगेका कारण कतिपय यात्रुहरु छुटेको उनले बताए । धनगढी दिपायल हवाई सेवाको भाडदर तीन हजार दुई सय कायम गरिएको छ ।
यस्तै धनगढी-बैतडी पनि आजबाट नियमित हवाई सेवा सुरु भएको धनगढी विमानस्थल कार्यालयका प्रमुख बुढथापाले जानकारी दिए ।


