सुदूरपश्चिममा संक्रिय संक्रमितको संख्या कति ?

बोलन्या थली | ३० आश्विन २०७७, शुक्रबार
सुदूरपश्चिममा संक्रिय संक्रमितको संख्या कति ?

कञ्चनपुर । सुदूरपश्चिम प्रदेशका बिभिन्न जिल्लामा संक्रिय संक्रमितको संख्या १ हजार २ सय ३० पुगेको छ । प्रदेश स्वास्थ्य निर्देशनालय डोटीका अनुसार सबैभन्दा धेरै कैलालीमा ५ सय ७८, डोटीमा १ सय २, कञ्चनपुरमा १ सय २७, बझाङमा १ सय २८, अछाममा ७५, बैतडीमा ५०, डडेल्धुरामा ३९, दार्चुलामा १ सय २२ जना र बाजुरा ६ जनामा कोरोनाका संक्रिय संक्रमित रहेका छन ।

सुदूरपश्चिमबाट हाल सम्म ७ हजार १ सय ८९ जना डिस्चार्ज भएका छन । बुधबार कैलालीबाट २ सय ३ जना, कञ्चनपुरबाट ८ र बैतडी ३ जना गरी २ सय १४ जना डिस्चार्ज भएका छन ।

सुदूरपश्चिममा ३ हजार ५६ जनाको स्वावको रिर्पोट आउन बाकी रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । प्रदेशमा हाल सम्म संक्रमितको संख्या ८ हजार २ सय ९६ पुगेको छ भने १९ जनाको कोरोनाको कारण मृत्यु भइसकेको छ ।

जनाअवजको टिप्पणीहरू