धनगढीमा ‘ग्यास विस्फोट’ हुँदा गम्भीर घाइते भएकी महिलाको मृत्यु

बोलन्या थली | २९ आश्विन २०७७, बिहीबार
धनगढीमा ‘ग्यास विस्फोट’ हुँदा गम्भीर घाइते भएकी महिलाको मृत्यु

धनगढी । धनगढीमा लिक भएको अवस्थामा ग्यास बाल्दा भएको विस्फोटमा परी गम्भीर घाइते भएकी महिलाको मृत्यु भएको छ ।बुधबार बिहान धनगढी उप–महानगरपालिका वडा नम्बर ८ मा ग्यास विस्फोट हुँदा गम्भीर घाईते भएकी ६५ वर्षीया बिर्मादेवी विष्टको मृत्यु भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय कैलालीका निमित्त प्रमुख प्रहरी नायब उपरिक्षक प्रतिक विष्टले बिर्माको उपचारका क्रममा काठमाडौँमा मृत्यु भएको जानकारी दिए ।प्रहरीका अनुसार घाइते अवस्थामा रहेका मृतकका श्रीमान हरीलाल विष्ट र उनकी नातिनिको अवस्था भने खतरामुक्त छ । उनीहरुको पनि काठमाडौँमै उपचार भइरहेको निमित्त प्रमुख प्रहरी नायब उपरिक्षक विष्टले बताए । 

जनाअवजको टिप्पणीहरू