सेती प्रादेशिक अस्पताल धनगढीमा जनशक्तिको अभाव

बोलन्या थली | २९ आश्विन २०७७, बिहीबार
सेती प्रादेशिक अस्पताल धनगढीमा जनशक्तिको अभाव

धनगढी । कोरोना भाइरस सङ्क्रमित भइ जटिल अवस्थाका बिरामी बढ्दै जाँदा सेती प्रादेशिक अस्पताल धनगढीमा जनशक्तिको अभाव हुन थालेको छ ।

अस्पतालको कोभिड-१९ उपचार विभागका प्रमुख डाक्टर शेरबहादुर कमरले बिरामीलाई अक्सिजन दिने, भेन्टिलेर मेसिन सञ्चालन गर्ने, बेहोस गर्नेलगायतको उपचार व्यवस्थापनमा खटिनु पर्ने एनेस्थेसिया चिकित्सकको अभाव भएको बताए ।

अस्पतालमा दश आईसीयू (सघन उपचार कक्ष) र दश भेन्टिलेटरको व्यवस्थापन गरिएको छ । जटिल अवस्थाका बिरामी बढ्दा आईसीयू भेन्टिलेटरको पनि अभाव हुने अस्पतालले जनाएको छ  ।

अस्पतालको कोरोना अस्थायी अस्पतालमा अहिले आईसीयूमा पाँच जना र भेन्टिलेटरमा तीन जना कोरोना सङ्क्रमितको उपचार व्यवस्थापन भइरहेको छ।आइसोलेसनमा ३६ जनाको उपचार व्यवस्थापन भइरहेको छ ।

डाक्टर कमरले पछिल्ला दिनमा समुदायमा कोरोना सङ्क्रमण फैलिँदा पनि सर्वसाधारणबाट तोकिएको स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गर्न भइरहेको कमी कमजोरीको कारण सङ्क्रमण दर बढ्दै गएको बताए ।कर्मचारीमा कोरोना भाइरसको सङ्क्रमण देखिन थालेपछि कैलाली जिल्लाका कतिपय कार्यालयका काम समेत प्रभावित भइरहेको छ ।

जनाअवजको टिप्पणीहरू